६ पुस २०८२, आइतबार | December 21, 2025

मनोमानी गरिएको ब्याजदर र मुल्य बृद्धि घटाउन उद्योग व्यापार संघको माग, ‘बढेको ब्याजदरको भार थेग्न नसक्दा आत्महत्या गर्न वाध्य’



बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधीक बृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्याजदर बृद्धिले उद्योग-व्यवसायसंगै अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै तत्काल ब्याजदर र मुल्यबृद्धि घटाउन संघले माग गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएर तथा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर बृद्धि गर्दा आर्थिक भारत थेग्न नसकी उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गर्न वाध्य भएको संघको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएर पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री, लगानीमैत्री र आर्थिक समृद्धिमैत्री वातावरण बन्न नसकेको उल्लेख छ ।

मनोमानीरुपले ब्याज दर बृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याज दर बृद्धिको निश्चित सीमा कायम गर्न र मुल्यबृद्धि समेत तत्काल घटाउन माग गर्दै संघले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५० बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र