२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देहीमा म्यादी प्रहरीका लागि ३३५१ जनाले दिए आवेदन (फोटो फिचर)



भैरहवा । स्थानीय तहको निर्वाचनका लागि रुपन्देही सहित देशव्यापी रूपमा भर्ना प्रक्रिया सुरु भएको छ । आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा पहिलो दिन रुपन्देहीमा १४ सय ६५ जनाले र दोस्रो दिन १८ सय ८७ जनाले दर्ता गरेका छन् । चैत ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन आह्वान गरिएको छ ।

बढेको गर्मीलाई प्रवाह नगरी रुपन्देही मात्र होइन छिमेकी जिल्लाबाट पनि युवाहरू आएर बिहानैदेखि दर्ताका लागि तछाड मछाड गर्दैछन् । जागिरको लालसामा कार्यालयमा बिहानैदेखि आवेदन दिन लाम लागेका युवाहरूको जमात छ । भिडले देशमा बेरोजगारीको अवस्था कस्तो छ भनी प्रस्ट पारेको छ । केही दिन भए पनि जागिर पाइने आसमा युवती र महिलासमेत घण्टौं लाइनमा बस्ने गरेका छन् ।

रुपन्देहीमा २ सय ८ मतदान स्थल तोकिएको छ, आगामी निर्वाचनका लागि ९४ वटा मतदान केन्द्र थपिएसँगै ७ सय ४ वटा मतदान केन्द्र निर्धारण भएको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाका लागि ती म्यादी प्रहरी खटाइने भएको हो ।

४० दिन काम गर्न पाउने गरी नेपाल प्रहरी जवान सरहको सेवासुविधा पाइने गरी भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । कार्यालयबाट ९–१० वटा काउन्टरमा आवेदनको काम भइरहेको छ, कागजपत्र रुजुका लागि डेस्क खडा गरिएको छ । प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँच गरी दर्ता गर्ने गरेको प्रहरी उपरीक्षक रेग्मीले भने ।

जिल्लाको सुरक्षा चुनौती, निर्वाचन क्षेत्र, मतदान स्थल, मतदान केन्द्रलगायतका स्थिति र अघिल्लो निर्वाचन सुरक्षा रणनीतिलाई आधार बनाएर म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ । जिल्लामा २ हजार ३ सय ६० जना म्यादी प्रहरी भर्ना लिइने छ ।

म्यादी प्रहरीले पारिश्रमिक मध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनबापत सात हजार २ सय , पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ । छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइने छ ।

फोटो फिचर

 

 

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : १९ बजे

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै