२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

दासढुङ्गादेखि गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै



चितवन । सत्ताइस वर्ष अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुङ्गादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

विसं २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उहाँहरु चढेको जीप दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको थियो । आश्रितको शव त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीपभित्र नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो । सो ठाउँ पनि अहिले भरतपुर महानगरपालिका वडा नं १८ मा पर्छ ।

मदन भण्डारी फाउण्डेशन चितवनको संयोजन र वागमती प्रदेश सरकारको सहयोगमा दासढुङ्गादेखि गोलाघाटसम्म एकीकृत विकासको अवधारणा अघि सारिएको छ । फाउण्डेशनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार गुरुयोजना तयार भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा छ । केही दिनअघिमात्रै दासढुङ्गा क्षेत्रको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्राविधिक समूहले स्थलगत निरीक्षण गरेको थियो ।

गुरुयोजनाअनुसार दासढुङ्गामा हाल मदन–आश्रितको अर्धकदको शालिक भएको ठाउँभन्दा माथिको डाँडालाई पर्यटकीय आकर्षक केन्द्रविन्दु बनाइँदैछ । सो ठाउँमा यसअघि नै नेपाल सरकारले ३६ कट्ठा जग्गा खरिद गरिसकेको छ । थप नम्बरी ३३ कट्ठा र ऐलानी १८० कट्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना छ ।

भट्टराईका अनुसार सो ठाउँमा सङ्ग्रहालय, नीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइनेछ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ ।

यसैगरी दासढुङ्गाबाट गोलाघाटसम्मको त्रिशूली र नारायणी नदी किनारको ४६ किलोमिटर भागलाई तटबन्धसहितको आकर्षक सडक निर्माण गरिँदैछ । गुरुयोजनाअनुसार नदी वारिपारि नै संरचना निर्माण गरिनेछ । देवघाट क्षेत्र विकास समितिसँग सहकार्य गरेर सो क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्ने गरी संरचना बनाइनेछ ।

दियालो बङ्गाला क्षेत्रमा उद्यानसहित सांस्कृतिक केन्द्र निर्माण गरिनेछ । उहाँका अनुसार उद्योग वाणिज्य सङ्घ पछाडिको नारायणी किनारलाई हाल भइरहेको विकासमा थप सहयोग गर्ने योजना रहेको छ । यस्तै नगर वन क्षेत्रलाई पर्यटकीय पूर्वाधार निर्माण गरी विकास गरिनेछ । शिवघाट मन्दिर क्षेत्रको विकास गरिनेछ भने वन क्षेत्रलाई वनभोजस्थलका रुपमा विकास गरिँदैछ । भट्टराईले त्यस क्षेत्रमा घरबास निर्माणमा सहयोग गर्ने गरी काम अगाडि बढाइने बताउनुभयो ।

गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, बायो डाइभरसिटी अनुसन्धान केन्द्र बन्नेछ भने भ्यू टावर निर्माणका क्रममा रहेको भट्टराईले बताउनुभयो । यसअघि नै सो क्षेत्रमा केही संरचना बनिसकेका छन् । मदन भण्डारीको शव भेटिएकै ठाउँमा जस्तोरुपमा भेटिएको थियो त्यस्तैरुपमा प्रतिमूर्ति निर्माण गर्ने योजना रहेको छ । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना छ ।

नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटलाई रमणीय पर्यटकीय स्थलका रुपमा विकास गरिँदैछ । एक किलोमिटर वरबाट सवारी जान नमिल्ने गरी साना साना संरचना निर्माण गरेर पैदल हिँडेर प्राकृतिक सुन्दरता अवलोकन गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ । सो ठाउँमा आन्तरिक र बाह्य पर्यटकले दुई/तीन घण्टा समय रमाएरै बिताउन सक्ने गरी पूर्वाधार निर्माण गरिने उहाँ बताउनुहुन्छ ।

हाल सोका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरिएको छ । धेरै योजना भएकाले फरकफरक निकायबाट डिपिआर बन्ने काम अघि बढ्ने छन् । डिपिआर तयार भएपछि योजनाको छनोट गरी स्थानीय, प्रदेश र सङ्घीय सरकारले संरचनाको काम गर्ने उहाँले बताउनुभयो । यस क्रममा देवघाट क्षेत्र विकास समिति, सामुदायिक वनका समिति, स्थानीय निकायसँग समन्वय र सहकार्य गरेर काम अघि बढाइनेछ ।

मदन–आश्रितको दुर्घटना हुँदा नेकपा (एमाले) चितवनका पार्टी प्रमुख (सचिव) रहनुभएका हालका प्रदेशसभा सदस्य विजय सुवेदी संरचना निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताउनुहुन्छ । पहिलो चरणमा दासढुङ्गा र गाजीपुरमा अध्ययन केन्द्रसहितको संरचना बन्ने भन्दै उहाँले अन्य संरचना जनहितमा हुने गरी निर्माण गरिने बताउनुभयो । विस्तृत अध्ययन प्रतिवेदनपछि यकिन लागत खर्च आउने भए पनि दीर्घकालीनरुपमा अरबौँ खर्च हुने उहाँले बताउनुभयो । यसले नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने सुवेदीको तर्क छ ।

लकडाउनमा पनि सम्झियो मदन–आश्रितलाई

लकडाउनको समय भए पनि मदन–आश्रितलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० चितवनले सम्झिएको छ । ठूलो सङ्ख्या र भीडभाड गर्न नमिल्ने भएपछि आज बिहान दासढुङ्गामा सीमित उपस्थितमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ । सो अवसरमा जिल्ला इन्चार्ज कृष्ण खनाल र जिल्ला अध्यक्ष यमबहादुर परियारले उहाँहरुको स्मरण गर्दै देखाएको बाटोमा पार्टी अघि बढिरहेको बताउनुभयो । विगतका वर्षमा पार्टीले आज सो ठाउँमा स्मृतिसभा गर्ने गथ्र्यो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  १२ : १३ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो