१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

गठबन्धन गर्नेबारे कांग्रेसमा दुई धार छ, छलफलबाट निर्णय हुन्छः सिंह



हेटौंडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टी भित्र अन्य दलसंग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुबै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताए ।

उम्मेदवारको टुंगो लगाउँदा पनि मापदण्डका आधारमा समयमै टुंगो लगाउनुपर्नेमा जोड दिंदै कम्युनिष्टहरू अपरिपक्व भएकाले अहिले जनता कांग्रेसको पक्षमा रहेको बताए ।

करिब दुई तिहाइ मत पाएका कम्युनिष्टहरूले संसद विघटन गरेर अपरिपक्वता प्रर्दशन गरेकाले जनताले उनीहरुलाई मत नदिने उनको दाबी थियो । एमसीसीको विषयमा समेत अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ५३ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको