१० चैत्र २०८२, मंगलबार | March 24, 2026

श्वासप्रश्वास समस्याकी सुत्केरीको मृत्य भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता



काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता बढाइएको छ ।

उपचारका लागि भर्ना भएकी सुत्केरिको मृत्यु स्वासप्रश्वासमा समस्या देखिएर भएको अस्पतालले जनाएको छ ।

१२ दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा सुत्केरी भएर डिस्चार्ज भएकी ती महिलालाई श्वास्प्रवासको समस्या देखिएपछि बिहीबार साँझ ७ बजेतिर धुलिखेल अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुगेको आधा घण्टामै आकस्मिक कक्षमै ती महिलाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

आरडीटी परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको भएपछि अस्पतालले सतर्कता बढाएको छ । मृतकको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा पठाइएको छ भने उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  २ : ५४ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको