८ माघ २०८२, बिहिबार | January 22, 2026

आठ महिनामा साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुवाती आठ महिनामा ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँ बढीको जिडेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको छ ।

अघिल्लो वर्ष जति रकमको डिजेट, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो यस वर्षको सोही अवधिमा जिडेल मात्र उक्त रकम बराबरको नेपाल भित्रिएको देखिन्छ ।

चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको छ ।

सोही समयमा भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्ष सुरु भएपछि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा जति रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालमा भित्रिएको थियो त्योभन्दा बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपाल भित्रिसकेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष एक खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : २६ बजे

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा