२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

परिवार नियोजनको किटमा रबरको लिंग राखिएपछि हंगामा



नयाँ दिल्ली । स्थानीय स्वास्थ्यकर्मीले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर भारतको पश्चिमी राज्य महाराष्ट्रमा विवाद चर्किएको छ ।

रबर मोडलका कारण किट बोक्ने महिला स्वास्थ्य कार्यकर्ता अफ्ठ्यारोमा परेको विपक्षी सांसदहरुले तर्क गरेका छन् । तर, सोही मोडल यसअघि पनि झन्झटबिना नै प्रयोग गरेको केही कार्यकर्ताहरुले बताएका छन् ।

किटमा रबरको पाठेघर पनि समावेश छ । तर, यसलाई लिएर कुनै विवाद गरेको देखिदैन् । भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममका महत्वपूर्ण हिस्सेदार ठहरिएका मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता ९आशा० लाई किट प्रदान गरिएको थियो ।

उनीहरुले प्रजनन स्वास्थ्यबारे घर घरमा मानिसहरुलाई शिक्षित गर्नेदेखि परिवार नियोजनका साधनहरुको प्रयोगबारे चेतना फैलाउनेलगायतका काम गर्छन् । यसका लागि सामान्यतया संवेदनशीलता चाहिन्छ, किनकी अझै पनि भारतका धेरै भागहरूमा सेक्सलाई एउटा सामाजिक कलंंकको रुपमा हेर्ने गरिन्छ ।

महाराष्ट्रमा लिंग मोडलका परिवार नियोजनका करीब २५ हजार किट स्वास्थ्यकर्मी र ग्रामिण स्वास्थ्य केन्द्रमा वितरण गरिएको सो राज्यको स्वास्थ्य विभागकी डा। अर्चना पटिलले जानाकारी दिइन् ।

एउटा जिल्ला बुल्दानबाट नकरात्मक प्रतिकृया आएको उनले बताइन् । प्रजनन स्वास्थ्यबारे बोल्न अन्कनाउने मानिसहरुकका अगाडि पेनिस र गर्भासयको मोडल बोक्नु लाजमर्दो भएको केही कार्यकर्ताले बताएका छन् । तर, त्यो आफ्नो रोजगारीको अंश भएको उनीहरु बताउँछन् ।

अवधारणाहरू व्याख्या गर्न आफूहरुलाई खासै समस्या नभएको बताउँछन् । तर, उनीहरुमध्ये कोहीले पनि आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । सो मोडल प्रयोग गर्न कसैलाई पनि बाध्य नपारिएको डा। पटिल बताउँछिन् ।

‘ स्वास्थ्यकर्मीहरूलाई यी मुद्दाहरूको बारेमा खुलेर बोल्न अप्ठ्यारो लाग्छ भने कसरी काम हुन्छरु’ उनले भने ।
तर, भारतको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० मा आबद्ध सांसदहरुले भने त्यसको विरोध गरेका छन् । सो राज्यमा भने भाजपा प्रतिपक्षमा छ ।

बुल्दानबाट प्रतिनिधित्व गर्ने भाजपा सांसद आकाश फुन्दकरले ती किट फिर्ता लिएर स्वास्थ्यकर्मीसँग माफी माग्नुपर्ने माग गरेका छन् ।

राज्यका भाजपा पार्टी उपाध्यक्ष चित्रा वागले सरकारले ‘यौन भोग’ प्रबद्र्धन गरेको आरोप लगाए । तर, महाराष्ट्र सरकारको गठबन्धनमध्येको एक शिव सेना पार्टीका सांसदहरुले भने टिप्पणी गरिसकेका छैनन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ३३ बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन