मोरङ । मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यू तीन दिनपछि हटेको छ ।
आज बिहान ६ बजेदेखि कर्फ्यू हटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको थियो ।
विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा स्थानीय बासिन्दाले एक शिक्षकलाई थुनेर राखेका थिए । उनलाई सकुसल बाहिर निकाल्ने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो ।
स्थानीय बासिन्दाको आक्रमणमा परी चैत ६ गते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि चैत ७ गतेदेखि लेटाङमा कर्फ्यू लगाइएको थियो ।
यस घटनाको छानबिन गर्न प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले बुधबारदेखि नै छानबिन थालेको छ ।



















प्रतिक्रिया