१६ श्रावण २०८३, शनिबार | August 1, 2026

लेटाङको कर्फ्यू तीन दिनपछि हट्यो



मोरङ । मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यू तीन दिनपछि हटेको छ ।

आज बिहान ६ बजेदेखि कर्फ्यू हटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको थियो ।

विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा स्थानीय बासिन्दाले एक शिक्षकलाई थुनेर राखेका थिए । उनलाई सकुसल बाहिर निकाल्ने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो ।

स्थानीय बासिन्दाको आक्रमणमा परी चैत ६ गते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि चैत ७ गतेदेखि लेटाङमा कर्फ्यू लगाइएको थियो ।

यस घटनाको छानबिन गर्न प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले बुधबारदेखि नै छानबिन थालेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ४४ बजे

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,