९ भदौ २०८३, मंगलबार | August 26, 2026

कोरोना संक्रमितको संख्या २७८ पुग्यो, काभ्रेमा भेटिए पहिलो संक्रमित



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २७८ पुगेको छ ।

पछिल्लो पटक काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षिया महिला, सिराहा सखुवाका ३० वर्षिय पुरुष, पर्साको विरगञ्जका २८ र २९ वर्षिय पुरुष, सर्लाही रामनगरका १८ वर्षिया किशोरी र चितवनको गढौलीका २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३६ र बागमती प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । यसैगरी गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् ।

गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् ।

शनिबारसम्म कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको उहाँले बताउनुभयो । प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ४ : २८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त