८ कार्तिक २०८३, आइतबार | October 25, 2026

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता



धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छिन् ।

आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन ।

“ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ”, मन्त्री मेहताले भनिन । उनले निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन् ।

स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयनप्रति आशङ्का व्यक्त गर्दै आएका छन् ।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए । उनले आश्वासनभन्दा निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए ।

“ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन् । अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ”, उनले भने । निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  २ : २२ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको