५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति कृषिमन्त्री असन्तुष्ट



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् ।

नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु भएको १३औं बागवानी गोष्ठीमा उनले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानका लागि के कति काम गरेको छ भन्ने विषय समीक्षा हुनुपर्ने बताए ।

‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ, त्यसबाट जनताले कति फाइदा लिए, किसानले कति फाइदा लिए त्यसको बारेमा पनि समीक्षा हुनुपर्छ,’ उनले भने । परियोजनाले सोचेजस्तो प्रगति गर्न नसकेको बताउँदै उनले प्रधानमन्त्रीको नाममा खोलिएको परियोजना भएको हुनाले त्यसको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री यादवले विदेश जाने युवालाई कृषिप्रति आकर्षित गर्न बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिए । ‘देशमा थुप्रै बाँझो जमिन छन्, तर त्यसलाई कसरी प्रयोगमा ल्याउने त्यसको बारेमा सोच्नुपर्ने बेला आएको छ । जोसँग जमिन छैन, त्यसलाई बाँझो जमिन दिएर कृषिप्रति आकर्षित गर्नुपर्छ,’ उनले भने ।

कतिपय युवा खेती गर्न जमिन नपाएर ऋण लिएर भए पनि वैदेशिक रोजगारमा जाने गरेकाले त्यसलाई रोक्न नीति बनाएर बाँझो जमिन वितरण गर्नुपर्ने उनले बताए । बाँझो जमिनमा चकलाबन्दी वा सहकारीको माध्यमबाट खेती गरेर उत्पादनमा वृद्धि उनको भनाइ छ । यादवले कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए ।

बिहीबारसम्म चल्ने गोष्ठीमा बागवानीका विज्ञहरू कौशलकुमार पौडेल, किशोरचन्द्र दहाल, अनिलकुमार अचार्य, विनोदकुमार भट्टराई, डा।हरिबहादुर केसी, डा।उमेशकुमार आचार्य, सुरेन्द्रलाल श्रेष्ठ, प्रदीपराज रोकया, डा।गरिधारी सुवेदी, जीतनारानायण चौधरी, राजेन्द्र गौतम, जीवन श्रेष्ठ, श्यामप्रसाद पौडेल, डा।कालिकाप्रसाद पौडेललगायतले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

बागवानी क्षेत्रको विकासमार्फत बाँझो जग्गाको उपयोग प्रवद्र्धन गर्न सरोकारवालालाई सुझाव प्रदान गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको सोसाइटीका अध्यक्ष इन्द्रराज पाण्डेले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं