९ पुस २०८२, बुधबार | December 24, 2025

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताएका छन् ।

सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।

पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उहाँले बताए। उनले भने, “नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ ।” पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उहाँले उल्लेख गरे ।

पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको उनले बताए । पत्रकार महिलाले दूरदराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्नसक्ने उनको भनाइ छ ।

सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय सूचना आयोगका पूर्व सदस्य यशोदा तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, पत्रकारद्वय निर्मला शर्मा र बबिता बस्नेतले सञ्चारिकाको आगामी नेतृत्वले संस्थाको छवि अझै उँचो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ५० बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका