६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तहको निर्वाचनका लागि दाङमा २२ दल दर्ता



दाङ । स्थानीय तह निर्वाचनका लागि दाङमा २२ राजनीतिक दल दर्ता भएका छन् । प्रदेश निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार ६ प्रमुख दल बाहेक २२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको बताए ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका २२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । भण्डारीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले २२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।

जिल्लामा नेपाली कांग्रेस वीपी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

समाजवादी लोकतान्त्रिक पार्टी नेपाल, नेश्नलिष्ट पिपल्स पाटी, नेकपा मार्क्सवाद–लेनिनवाद, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय उन्मुक्ति (थरुहट), नेकपा (समाजवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : २० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको