२० श्रावण २०८३, बुधबार | August 6, 2026

स्थानीय तहको निर्वाचनका लागि दाङमा २२ दल दर्ता



दाङ । स्थानीय तह निर्वाचनका लागि दाङमा २२ राजनीतिक दल दर्ता भएका छन् । प्रदेश निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार ६ प्रमुख दल बाहेक २२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको बताए ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका २२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । भण्डारीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले २२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।

जिल्लामा नेपाली कांग्रेस वीपी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

समाजवादी लोकतान्त्रिक पार्टी नेपाल, नेश्नलिष्ट पिपल्स पाटी, नेकपा मार्क्सवाद–लेनिनवाद, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय उन्मुक्ति (थरुहट), नेकपा (समाजवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : २० बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको