१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति भण्डारीसँग गरे शिष्टाचार भेट



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल भ्रमणको अन्तिम दिन आइतबार विहान शितल निवास पुगी उनले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

‘भेटवार्तामा राष्ट्रपतिज्यूले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भयो,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने समेत उहाँले बताउनु भयो ।’

कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति उनले विदेशमन्त्री वाङलाई धन्यवाद दिएकी थिइन् ।

नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उनले बताएकी थिइन् ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आएका थिए । उनले शनिबार परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : १० बजे

दोलखा एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योस् : गृहमन्त्री अर्याल

काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

कप्तान साम्बालाई कांग्रेसको आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

३ महिनामा ६१४ जनाले त्यागे नेपाली नागरिकता

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा ६१४ जना नेपाली नागरिकले