९ पुस २०८२, बुधबार | December 24, 2025

अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार



अछाम । अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार २ सय ८० रहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष ७५ हजार ८ सय ३७, महिला ८० हजार ४ सय ४१ र अन्य ३ जना रहेका छन् ।

अछाममा कुल मतदान स्थल १ सय ३० रहेको छ भने मतदान केन्द्र संख्या २ सय ७ रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । जिल्लामा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा १० हजार ४ सय ६ पुरुष र ११ हजार ३ सय ९६ महिला गरी २१ हजार ८ सय ६४ मतदाता रहेका छन् भने सबैभन्दा कम बान्नीगढी जयगढ गाँउपालिकामा ५ हजार ६ सय ३६ पुरुष र ६ हजार १ सय ६ महिला गरी ११ हजार ७ सय ४२ मतदाता रहेका छन् ।

यस्तै मंगलसैन नगरपालिकाका ९ हजार ४ सय ४५ पुरुष र १० हजार ३ सय ३२ महिला, अन्य १ गरी १९ हजार ८ सय ७८ मतदाता, पञ्चदेवल बिनायक नगरपालिका ७ हजार ८ सय २७ पुरुष र ८ हजार ६ सय १८ महिला गरी १६ हजार ४ सय ४५ मतदाता, तुर्माखाँद गाउँपालिकामा ७ हजार सय ९२ पुरुष र ७ हजार ८ सय १९ महिला गरी १५ हजार ५ सय ११ मतदाता रहेका छन् ।

यस्तै मेल्लेख गाउँपालिकामा ७ हजार ५ सय १५ पुरुष र ७ हजार ९ सय ४६ महिला, अन्य १ गरी १५ हजार ३ सय ६१ मतदाता, चौरपाटी गाउँपालिकाकामा ६ हजार ७ सय ५४ पुरुष र ७ हजार ९ सय ९० महिला गरी १४ हजार ७ सय ४४ मतदाता, रामारोशन गाउँपालिकामा ७ हजार २ सय ५५ पुरुष र ७ हजार १ सय ६३ महिला गरी १४ हजार ४ सय १८ मतदाता रहेका छन् ।

यस्तै कमलवजार नगरपालिकाका ७ हजार ४६ पुरुष र ६ हजार ८ सय ९७ महिला गरी १३ हजार ९ सय ४३ मतदाता र ढकारी गाउँपालिकामा ६ हजार २ सय पुरुष र ६ हजार १ सय ७४ महिला गरी १२ हजार ३ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ०६ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना