१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीय सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह



काठमाडौं । नुवाकोटका स्थानीयले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो । स्थानीय बासिन्दाले फोहररहित मानव बस्तीको अवधारणाअनुरूप फोहोर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

प्रतिनिधिमण्डलले नुवाकोटको जल्दाबल्दा समस्या तुरुन्त समाधान गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकोे भेटमा डा।महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषयलाई राखेका थिए ।

उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको औंल्याए ।
पूर्वमन्त्रीसमेत डा।महत ककनीमा कांग्रेसले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएर फर्कदा स्थानीयले फोहोरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पु¥याउन अनुरोध गरेका थिए ।

ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाँउपालिकामा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ । नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका माग तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : १५ बजे

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका