३२ असार २०८३, बिहिबार | July 16, 2026

पृतनापतिलाई नै कोरोना संक्रमण लागेपछि नेपाली सेनाको मध्यपूर्वी पृतना सिल



काठमाडौ । महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका सेनापति र एकजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि सिंगो पृतना नै सिल गरिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीका दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । ति मध्ये एक जना सेनाका पृतनापति र अर्का एक जना सोही पृतनाका चिकित्सक भएको खुलेको छ ।

ब्यारेक सिल गरी कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
संक्रमित चिकित्सक प्रदेश नं. २ का विभिन्न जिल्लाको क्वारेन्टाइन केन्द्रमा रहेका व्यक्तिहरुको कोरोना स्वाब संकलन कार्यमा खटिएका थिए।

कोरोनाको पुष्टि भएलगत्तै दुवै जनालाई काठमाडौंको बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएको छ । सशस्त्र प्रहरीको अस्पताललाई कोरोना अस्पताल बनाइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १ : ३५ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक