९ पुस २०८२, बुधबार | December 25, 2025

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु



चितवन । चितवनको रत्ननगर नगरपालिका-९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका-२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पति सवार बागमति प्रदेश ०३-००२ प १८९५ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ५ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : ४७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना