२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

किशोर विक नभएको भए सारेगम पनि जान्दिनँ थिए होलास् भुपेन्द्र थापा, नेपाल आइडल ४ विजेता



भैरहवा । पढाइसँगै भुपेन्द्र थापा मगरको रुचि बक्सिङ, क्रिकेटमा पनि थियो । परिवार नै संगीतमय वातावरणको भएर नै होला उनले संगीत क्षेत्रमै सफलता पाए । जन्मेदेखि नै संगीत क्षेत्रमा रुमल्लिएका भुपेन्द्र नेपाल आइडल सिजन ४ को उपाधि पाउनुलाई धेरैले पारिवारिक वातावरण ठान्छन् ।

सन् १९९५ मा आमा रत्ना थापा र बुआ सेरु थापा मगरको एक मात्र छोराको रूपमा जन्मेका भुपेन्द्र सानैबाट संगीतिक वातावरणमा हुर्के । संगीतमय वातावरणमा हुर्केका भुपेन्द्र आफ्नो करियर पनि संगीत क्षेत्रमै व्यतित गर्न चाहान्थे । टोल छिमेकमा भजन होस् या विद्यालयमा कुनै कार्यक्रम भुपेन्द्र सहभागी हुन्थे । पढाइसँगै विद्यालयमा संगीत कक्षा पनि लिने गरेका थिए । पहिलो पटक विद्यालयमै स्टेज पाएको उनी बताउँछन् । त्यसपछि विभिन्न व्यान्डहरूमा अवसर पाउँदै गए । थापाले संगीत सिक्नकै लागि जागिर छोडे ।

२०७५ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भ्वाइस अफ भैरहवा सिजन ३ मा उनले उपाधि जिते । उनले पहिलो पटक नेपालमा हुन लागेको आइडलमा सहभागी हुन खोजे । भैरहवाको जेसिज स्कुलमा हुने पहिलो सिजनको अडिसनमा उनले प्रतिस्पर्धीको रूपमा अडिसन दिए । त्यसपछि २०७६, २०७७ सालमा र २०७८ मा पोखराबाट अडिसन दिए । सुरुबाटै जित्नकै लागि प्रयास थियो, भोटिङसम्म पुग्ने रहेको थापा सुनाउँछन् ।

तीनपटकको प्रयासमा थियटर राउण्डबाट बाहिरिन्थे, यो सिजनमा रहर पूरा भएपछि भोटका लागि अपिल गर्दे सपनाको लोभ लाग्दै गयो र फिनालेमा पुगेपछि जित्नै पर्छ भनेर मिहिनेत गरेकाे उनले सुनाए ।

आफ्नाे सफलताको पछाडि किशोर विकको हात रहेकाे उनी बताउँछन् । किशाेरबाटै संगीत के हो, कसरी सिक्ने भन्ने मौका पाएकाे उनले बताए । ‘जति पनि सिके, जे छु उहाँ नै हो, उहाँ नभएको भए सायद सारेगमा केही पनि सिक्दैन थे होला,’ भुपेन्द्रले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ४३ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा