१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो



काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १-१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।

अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १०६ तथा फखर जमानले ६७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो ।

अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए ।

तेस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४० बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा