१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

बुटवल उपमहानगरपालिकामा विद्युतीय घर नम्बर प्रणालीको शुभारम्भ



बुटवल । बुटवल उपमहानगरपालिकाले विद्युतीय घर नम्बर प्रणाली शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले शनिबार उक्त प्रणालीको शुभारम्भ गर्दै बुटवललाई डिजिटलाइजेनमा यो प्रणालीले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

विकास र प्रविधिको प्रयोग गर्दै बुटवललाई मुलुकको आर्थिक केन्द्र बनाउनका लागि भएका सकारात्मक कामहरुलाई निरन्तरता दिँदै अगाडी बढ्न उनले सुझाव दिए । बुटवललाई पर्यटन तथा आर्थिक केन्द्रको रुपमा स्थापित गर्नका लागि योजनाबद्ध विकासका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल खुसी जनताको अवधारणा अन्तरगत बुटवलमा विद्युतीय घर नम्बर प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

उपमहानगरमा सम्पन्न भएका तथा सम्पन्न हुने चरणमा रहेका भौतिक तथा पूर्वाधारको बिकास, शैक्षिक क्षेत्रमा भएका लगानी र योजना, स्वास्थ्यका क्षेत्रमा भएका बिकासले बुटवललाई निकट भविष्यमै समुन्नत बुटवल बनाउने दाबी गरे । दिगो बिकासका लक्ष्य अनुरुप दर्घकालिन योजना बनाएर काम अघि बढेको उनले बताए । बुटवललाई बिकासको रोलमोडलका रुपमा बिकास गर्ने काम भएको उनले उल्लेख गरे ।

शनिबारदेखि सञ्चालनमा आएको विद्युतीय घर नम्बरिङबाट बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक कार्यालय तथा स्थलहरु, अस्पताल, शैक्षिक संस्था, घर लगायतका सम्पूर्ण विवरणहरु सजिलै पत्ता लगाउन सकिने छ । उक्त प्रविधिले यहाँका सम्पर्ण घर तथा कार्यालयहरुको ठेगाना सजिलै पत्ता लगाउनुका साथै अन्य विभिन्न तथ्याङ्कहरु समेत यसमा समावेश गरिने छ । बुटवलमा विभिन्न सडक अन्तर रहेका घरसम्म पुग्ने बाटो, दुरी, लाग्ने समय तथा समग्र नक्सा मावाइल एप मार्फत सजिलै बत्ता लगाउन सकिने प्राविधि अखिलेश कुमार कर्णले जानकारी दिए ।

सन् २०३० सम्म मुलुकको दिगो बिकासको लक्ष्य हासिल योजना अनुसार नै बुटवलका बिकास निर्माणको कामलाई अघि बढाएको उपमहानगरकी प्रमुख गोमादेवी आचार्यले बताइन् । आर्थिक तथा सामाजिक क्षेत्रमा योजनाबद्ध बिकासले बुटवललाई छिट्टै समृद्ध र खुसी बुटवलको रुपमा स्थापित गराउने उनले बताइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ४२ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन