६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अष्ट्रेलियाविरुद्ध घरेलु टोली पाकिस्तानलाई एकदिवसीय श्रंखला



काठमाडौं । घरेलु टोली पाकिस्तानले अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखलामा २-१ ले जित निकालेको छ । पाहुना टोली अष्ट्रेलियाले पहिलो खेल जित्दा लगातार दुई खेलमा हार बेहोर्‍याे ।

शनिबारको अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेकाे हाे ।

लाहोरमा २११ रनको सामान्य लक्ष्य पछ्याएको पाकितानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २१४ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक १०५ रन बनाए । यस्तै इमामुल हकले ८९ रनको योगदान गरे । अष्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१ ओभर ५ बलमा मात्र २१० रन बनाउन सक्यो । उसका एलेक्स केरीले सर्वाधिक ५६ रन बनाउन बनाए । सिन अब्बोटले ४९ रन, बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४ रन बनाए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३/३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट हात पारे ।

 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ५९ बजे

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके