५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीसामु जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ऐरीले ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।

यस्तै करन केसीले अविजित ३३ रन बनाए । उनले १२ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालका करन केसीले पपुवा न्युगिनीको पहिलो विकेट लिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ५७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन