१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

जुम्लामा सत्ता गठबन्धनबीच चुनावी छलफल तीव्र



जुम्ला । स्थानीय तह निर्वाचन नजिकिँदै गएपछि जिल्लास्तरमा राजनीतिक दलहरूको चुनाव केन्द्रीत गतिविधि तीव्र बनेको छ ।

चुनावलाई केन्द्रमा राखेर दलहरूले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो जस्ता कार्यक्रमलाई तीव्र गतिमा गर्दै आएका हुन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित भएर सत्ता गठबन्धनका जिल्लास्तरका नेताहरू समेत छलफलमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्थानीय तहको निर्वाचन केन्द्रित छलफल गरेको माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवरले बताए । उनले भने, ‘नेपाली कांग्रेस सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा सरकार गठबन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवर र नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष नन्दराम रोकायाबीच छलफल भएको हो ।’

 

उम्देवार छनोटमा दललाई सकस

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनोट गर्न गठबन्धनका दलहरूलाई निकै सकस पर्ने देखिएको छ । गठबन्धनभित्रका दलहरूभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएपछि उनीहरूलाई छनोटमा सकस भएको हो ।

 

माओवादी केन्द्र र कांग्रेस अगाडि
२०७४ सालको निर्वाचनमा जुम्लामा आठ वटा स्थानीय तहमध्ये नगरपालिकासहित चार पालिकामा प्रमुख तथा दुई तहमा उपप्रमुख नेपाली कांग्रेस, तीन तहमा प्रमुख, पाँच तहमा उपाध्यक्षसहित नेकपा माओवादी केन्द्र, एक तहमा अध्यक्ष र एक तहमा उपाध्यक्ष नेकपा एमालेले विजय भएका थिए । यसैगरी नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र नेपाली कांग्रेसको उपप्रमुखमा विजय हात पारेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ३७ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको