१६ बैशाख २०८१, आइतबार | April 29, 2024

संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार ?



काठमाडौं । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन ।

नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष/राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो । सो वक्तव्यलाई नेपाल र भारतका विदेश मन्त्रालयले जारी गर्ने गरेकोमा योपटक भने प्रधानमन्त्री देउवाको भारत भ्रमणमा वक्तव्य जारी हुन सकेन ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको यो पहिलोपटक भने होइन । यसअघि केपी शर्मा ओली सन् २०१६ मा पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमण गरेका बेलामा पनि भारतले संयुक्त वक्तव्य जारी गर्न अस्वीकार गरेको थियो । त्यतिबेला भारतले नेपालले जारी गरेको संविधानको केही बुँदामा असहमति राख्दै आएको थियो ।

भारतले योपटक संयुक्त वक्तव्य जारी गर्न नमान्नुको कारण भने नेपाल-भारतबीच देखिएको सीमा विवाद हो । सीमा विवादको विषय संवादमार्फत हल गरिनुपर्ने कुरा नेपालले उठाएपछि भारतले आफू अनुकूल नहुने भन्दै वक्तव्य जारी गर्न नचाहेको हो । भ्रमण दलबाट फर्किएको परराष्ट्रका अधिकारीका अनुसार नेपालले सीमाको विषय उठाएपछि भारतले अहिलेलाई वक्तव्य जारी गर्ने मनसाय नदेखाएको हो ।

देउवा अघिल्लोपटक प्रधानमन्त्रीका रूपमा सन् २०१७ मा भारत भ्रमणमा जाँदा पनि संयुक्त वक्तव्य जारी भएको थियो । देउवापछि दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका ओलीको भारत भ्रमणमा पनि दुवै देशले सहमति भएका विषय समेटेर संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री देउवाले हाल देखिएको सीमा विवादको समस्या हल हुनुपर्ने भारतीय समकक्षी नरेन्द्र मोदीसँग राखेपछि भारतले सो विषयमा मौनता साँधेको हो । सीमा समस्या सुल्झाउने विषयमा भारत संवादका लागि अझै तयार देखिएको छैन । देउवाले संयुक्त पत्रकार सम्मेलनमै सीमा विषयमा छलफल भएको जानकारी गराए पनि मोदी मौन रहँदा सो विषयले प्राथमिकता पाउन सकेन । यद्यपि, नेपालले भने सीमा समस्या हल गर्ने विषयमा भने जोड दियो ।

सीमा समस्याको विषयमा भारतले मौनता साँधे पनि अन्य द्विपक्षीय विषयमा दुवै मुलुक सहमत भएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ऊर्जा क्षेत्रमा मिलेर सहकार्य गर्नेसम्बन्धी भिन्दै ६ बुँदे वक्तव्य नेपाल र भारतले शनिबार जारी गरेको थियो । तर, सो सम्झौता पनि सहकार्य भन्नेमा मात्रै सीमित छ ।

योपटक प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतका विदेश मन्त्रालयले आफ्नै तरिकाले वक्तव्य जारी गरेका थिए । नेपालले सीमाको विषयमा पनि छलफल भएको उल्लेख गरेको छ भने भारतीय विदेश मन्त्रालयले भने सीमा विवादको कुरा उठाएको देखिँदैन ।

यता परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमण पूरा गरेर स्वदेश फर्किए लगतै गरेको पत्रकार सम्मेलनमा आआफूले विज्ञप्ति जारी गर्ने समझदारी भएको बताएका थिए । उनले भारतसँग सम्बन्ध प्रगाढ भएको र आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा सहमति भएको बताएका थिए । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ३९ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क