१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकीका मन्त्री मनाङेले कर्मचारी कुटे



पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’

कुटाई खाएको भनिएका कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएको जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेको मनाङेको सचिवालयका एक कर्मचारीले बताए ।

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ०४ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना