२२ भदौ २०८३, सोमबार | September 8, 2026

लुम्बिनी प्रदेशमा एकीकृत समाजवादी गठबन्धनबाट आउट !



बुटवल । उपलब्ध भएसम्म सत्तारूढ पाँच दलीय गठबन्धनका पाँचवटै दलको गठबन्धन सहित स्थानीय तहको निर्वाचनमा जाने काठमाडौंमा निर्णय गरिरहँदा लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी पार्टीलाई अलग गरेर गठबन्धन गर्न थालिएको तथ्य सार्वजनिक भएको छ ।

गठबन्धनकालागि बुधबार सार्वजनिक भएको लुम्बिनी प्रदेशस्तरिय संयुक्त विज्ञप्तिमा एकीकृत समाजवादी बाहेकका ४ दलले गठबन्धन गरेर जाने घोषणा गरेका छन् । बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश गरिएको छैन ।

बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायतको उपस्थिती रहेपनि एकीकृत समाजवादीबाट उपस्थिती नरहेको बताइएको छ ।

बैठकबारे आफुहरुलाई कुनै पूर्व सूचना नआएका कारण अनुपस्थित रहेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले बताए । ‘हामीलाई हेप्न थाले, हाम्रो कुनै सुनुवाई नभएपछि बैठकमा जानुको अर्थ देखेनौं ।’ उनले भने । एकीकृत समाजवादी एक्लै चुनावी तयारीमा लागेको समेत उनले बताए ।

उता सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले भने प्राबिधिक कारणले मात्र एकीकृत समाजवादीको अनुपस्थिती देखिएको दाबी गरे । ‘फोन गर्ने साथीले बैठक बस्ने समय र स्थान बुझाउन सक्नु भएनछ,’ उनले भने, ‘अर्को बैठकमा उहाँहरु पनि आउनु हुन्छ ।’

उक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको छ।

बैठकमा तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार