२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘अम्फान’ आँधीले खतरनाक रुप लियो, मंगलबारदेखि तीन दिनसम्म देशैभर बर्षा हुने



एजेन्सी । बंगालको खाडीबाट उठेको चक्रवाती आँधी ‘अम्फान’ ले खतरनाक रुप धारण गरिसकेको छ ।

भारतीय मौसम विभागका अनुसार पश्चिम बंगाल र ओडिसा राज्यको तटीय क्षेत्रमा ठोक्किने चक्रवाती तुफान ‘अम्फान’ का कारण यी दुवै राज्य भर तिव्र गतिमा हावाहुरी चल्नेछ भने भारी बर्षा हुनेछ ।

सम्भावित जोखिमको पूर्वानुमान गर्दै भारतीय मौसम विभागले माछा मार्ने माझीहरुलाई आजैबाट समुन्द्री किनारामा जान रोक लगाएको छ भने पश्चिम बंगाल र ओडिसा राज्यमा हाई अलर्टको चेतावनी जारी गरिएको छ ।

भारतको कोलकतास्थित मौसम विभागका क्षेत्रीय निर्देशक जीके दासका अनुसार दुवै राज्यमा चक्रवाती तुफान अम्फानका कारण मंगलबार ५५ किलोमिटर प्रति घण्टाका दरले हावाहुरी चल्नेछ भने बुधबार ८५ किलोमिटरको गतिमा पुग्नेछ ।

भारी बर्षासहित आउने हावाहुरीको प्रकोपबाट बच्न राज्य सरकारले सबै तयारी पुरा गरिसकेको पश्चिम बंगालका मुख्य सचिव राजिव सिन्हाले बताउनुभयो । त्यसैगरि नेपालमा पनि मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवाती तुफान ‘अम्फान’ को प्रभावका कारण दुईदेखि तीन दिनसम्म देशभरि बर्षा हुने छ, त्यस्तै हिमाली क्षेत्रमा हल्कादेखि मध्यम रुपमा हिमपात हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : १५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले