१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बसको छतमा चढेको बेला विद्युतको तार छुँदा करेन्ट लागेर एकको मृत्यु



खोटाङ । बसको छतमा चढेकोबेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना३ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेर उदयपुरको रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काको मृत्यु भएको हो ।

छतमा राखेको यात्रुको सामान ओराल्नका लागि चढेकोबेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेपछि बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार मध्यह्न साँढे चार बजे करेन्ट लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरीले बताए । मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् ।

चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुनपुग्दा खड्कालाई करेन्ट लागेको हो । पोललाई तत्काल सिँधा नउभ्याए र असुरक्षित रुपमा झुण्डिएको तारलाई अग्लो नबनाए थप दुर्घट्ना निम्तिने खतरा देखिएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४२ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र