१० पुस २०८२, बिहिबार | December 25, 2025

बसको छतमा चढेको बेला विद्युतको तार छुँदा करेन्ट लागेर एकको मृत्यु



खोटाङ । बसको छतमा चढेकोबेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना३ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको नांगो तार छुन पुग्दा करेन्ट लागेर उदयपुरको रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काको मृत्यु भएको हो ।

छतमा राखेको यात्रुको सामान ओराल्नका लागि चढेकोबेला विद्युतको झुण्डिएको तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका खड्काको उपचारका लागि उदयपुर अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेपछि बसको छतबाट सामान झार्नेक्रममा खड्कालाई आइतबार मध्यह्न साँढे चार बजे करेन्ट लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरीले बताए । मृतक बसका धनी तथा कन्ट्याक्टर हुन् ।

चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । विद्युतको पोल लच्किएर ढल्किँदा झुण्डिएर होचो भएको तार छुनपुग्दा खड्कालाई करेन्ट लागेको हो । पोललाई तत्काल सिँधा नउभ्याए र असुरक्षित रुपमा झुण्डिएको तारलाई अग्लो नबनाए थप दुर्घट्ना निम्तिने खतरा देखिएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४२ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न