२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

खुला व्यायाम बैशाख ३ मा



काठमाडौं । नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुने छ ।

आयोजकका अनुसार बारमा ४ र सर्किटमा ६ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै १० स्पर्धामा गरेको प्रदर्शनका आधारमा ओभरअल च्याम्पियन घोषणा गरिने छ । ओभरअल च्याम्पियनलाई ‘फिटेस्ट एथलिट’ को उपाधिसंगै ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

हरेक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने अध्यक्ष कार्कीले जनाए ।

पुरुषमा १ सय ८६ तथा महिलामा २९ खेलाडी सहभागी हुने छन् । महिलाले सर्किट वार्कआउटमा मात्र भाग लिने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पिलान्टोको साझेदारीमा हुने लागेको प्रतियोगिताका खेल सानोगौचरणमा हुने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : १० बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको

सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

काठमाडौँ । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ ।

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,