१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

वैशाख ५ गतेभित्र सबै उम्मेदवारको सिफारिस गर्न माओवादी सर्कुलर



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र सबै उम्मेदवारहरुको सिफारिस गर्न मातहतका सबै प्रदेश समितिलाई निर्देशन जारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै वैशाख ५ गतेभित्र सबै उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन जारी गरेको हो । ‘महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नाम पार्टीका प्रदेश समितिलेहरुले सर्वसम्मत भए एक एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जना सम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्ने । केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउनेछ’, परिपत्रमा भनिएको छ ।

परिपत्रमा नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरुले गर्ने जनाइएको छ । परिपत्रअनुसार सो सिफारिसलाई सम्बन्धित जिल्ला समन्वय समितिको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने र केन्द्रीय केन्द्रीय कार्यालयबाट अनुमोदन गराइने छ ।

वडा अध्यक्ष र सदस्यहरुलाई भने सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने जनाइएको छ ।

माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने परिपत्र पनि जारी गरेको छ । तालमेल हुन नसक्ने अवस्था आएमा भने गठबन्धनकै दलहरुबीच स्वस्थ्य प्रतिस्पर्धा गर्न केन्द्रको स्वीकृति लिनुपर्ने परिपत्र जारी गरिएको छ ।

माओवादीले महिलाको कार्यकारी भूमिकालाई सुनिश्चित गर्न जोड दिएको छ । परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पािलका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने ।’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : २१ बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान