१५ बैशाख २०८१, शनिबार | April 28, 2024

चलचित्र सुपर सिक्स (६) को बुटवलमा शुभमुहर्त



बुटवल । सिद्वबाबा मुभी मेकरको ब्यानरमा निर्माण हुने चलचित्र सुपर सिक्स (६) को शुभमुहर्त बुटवलमा भएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा चलचित्र बुटवलमा शुभमुहर्त गरिएको हो । लिजेन्ट फिलिम्स प्रालिको पोस्ट प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्रको निर्देशक लय सग्रौलाले गर्नेछन ।

तेस्रोलिङ्गी समुदायका व्यक्तिको कथामा आधारित चलचित्र निर्माण गर्न लागेको छ । चलचित्रको निर्माता राम प्रसाद उपाध्य्याय र टीका राना रहेको निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरि राजधानी बाहिरबाट निर्माण गर्न लागेको जानकारी गराएको हो ।

चलचित्रको सह निर्मातामा प्रेम श्रेष्ठ र निलकण्ठ चालिसे छन भने चलचित्रको सह निर्देशक (कथा लेखन) प्रेम गुरुङ रहेका छन ।

सर्ट मुभी, म्युजिक भिडियोहरुको अनुभव संगालेको बताउदै ६० लाखको बजेटमा निर्माण हुन लागेको गुरुङले जानकारी दिए । बैशाख ३ गतेदेखी नै सुटिङ शुरु हुने चलचित्रको मुख्य कलाकारहरु नायक प्रेम गुरुङ, नायिका संगिता केसि र हेमा मगर रहेका छन ।

चलचित्र बुटवल, भैरहवा, पोखरा र पाल्पामा सुटिङ हुनेछ भने सुटिङ १ महिनामा सकिनेछ । यम रानाको छायांकन रहने चलचित्रको द्वन्द सह निर्देशन गोपाल परियार रहेका छन ।

चलचित्रमा कलाकारहरु बिनय उदय, जितेन्द राना, अरुण प्रधान, हेमा मगर, तारा थापा, बाल कलाकार नीति चालिसे लगायतको अभिनय देख्न सकिनेछ कलाकार दिपु मगरले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा आफ्नो अनुभव सुनाउदै माराङ फ्लिम निर्माता एव ग्रील व्यवसायी समिति रुपन्देही अध्यक्ष तुलजी सारुले निर्माणमा बाधा भएपनी सहज रुपमा चलचित्र निमार्ण गर्न सुझाव दिदै आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १ : ३० बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म