१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

डोल्पामा गठबन्धन : सहमति नभएपछि एक्ला एक्लै लड्ने सहमति



सुर्खेत । आशन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबी सहमति हुन सकेको छैन् । सहमति हुन नसक्दा ति दलहरु एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन् । चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरु आ(आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो ।

केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासिन दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए ।

नेकपा ९एकीकृत समाजवादी० र नेकपा ९ माओवादी केन्द्रले ० ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ ।

डोल्पाका ठूलीभेरी , त्रिपुरासुन्दरी , उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो नेकपा एमालले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

केही समय अघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो । कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन । अहिले एमालेबाट फुटेर निर्माण भएको समाजबादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको शाहीले बताए । नेपाली कांग्रेसले कत्तै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको कांग्रेसको भनाइ छ ।

प्रदेशमा आफूहरुले एक्ला एक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापती शाहीले जानकारी दिए ।

डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाट हुनुपर्ने समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले बताए ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने एमालेका एक नेताले बताए । जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजवादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओबादी केन्द्रलाई दिने र जहाँ एमाले कम्जोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज रामलाल बिकले जानकारी दिए ।

उनका अनुसार सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अबस्था आएको उनले बताए । तर यसले गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उनले बताए ।

स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा कुनै पनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेद्वारमा समेत फेरबदल गर्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ३२ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म