६ पुस २०८२, आइतबार | December 22, 2025

रुपन्देही-प्यूठान संम्पर्क मंञ्चको बृहत कार्यकर्ता भेला सम्पन्न



बुटवल । नेकपा एमाले रुपन्देही-प्यूठान संम्पर्क मंञ्चको बृहत कार्यकर्ता भेला आज बुटवलमा सम्पन्न भएको छ । भेलाले बिनोद गिरीको अध्यक्षतामा सर्वसम्मत तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा कृष्णराज पाण्डे र सहसचिवमा लिलबहादुर राना रहेका छन् । यस्तै भेलाले तदर्थ समितिको सदस्यमा कमल खनाल, निर्मल मल्ल, दुर्गा महत, जिवलाल पन्थी, लक्ष्मण राना, बसन्त भट्टराई, शान्तराज रसाइली, चन्द्रप्रकाश गौचन, बिक्रम पन्थी, पदम भण्डारी, थम्मनसिंह परियार, सुरेन्द्र बुढा, सागर क्षेत्री, भरत पुन र प्रकाश हमाल रहेका छन् ।

भेलाको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले उद्घाटन गरेका थिए । त्यस अवसरमा नेता थापाले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउन सम्पर्क मञ्चले प्रभावकारी भुमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

उहाँले सम्पर्क मंञ्चले नेकपा एमालेको बिचारलाई जनता माझ पुर्याउने र जनताको पक्षमा राजनितिक र सामाजिक क्रियाकलाप संचालन गरेर स्थापित हुनुपर्ने बताए ।

उहाँले नेकपा एमालेको सरकारले गरेका हरेक कामको बिरोध गर्ने ५ दलिय गठबन्धन अहिले मुलुकलाई बर्वादि तर्फ लैजान उद्धत रहेको बताए ।

कार्यक्रममा पार्टी प्रदेश कमिटि संगठन बिभाग सचिव पुरन गुरुङ, प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सचिव भरत के.सी. लगायतले बालेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ४९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको