११ माघ २०८२, आइतबार | January 25, 2026

बेलायती प्रधानमन्त्री जोनसन भारतको भ्रमण गर्दै



नयाँ दिल्ली । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुनेछ ।

कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ ।

रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेशमन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन् । भारतले २४ फेब्रुवरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि प्रत्यक्ष रूपमा रसियाको आलोचना गरेको छैन । त्यस्तै, उसले यसबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएका मतदानमा पनि निन्दा गरेको छैन ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री जोनसन बिहीबार पाँचौं ठूलो राज्य गुजरात पुग्नेछन् । गुजरातमा उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठूलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अनुमान गरिएको छ ।

भ्रमणअघि प्रधानमन्त्रीले भने, ‘निरंकुश राज्यहरूबाट हाम्रो शान्ति र समृद्धिमा जोखिम सामना गर्दा लोकतन्त्र र मित्रहरू एकसाथ रहनु महत्त्वपूर्ण छ ।

उनले अगाडि भनेका छन्, ‘भारत प्रमुख अर्थतन्त्र र विश्वकै ठूलो प्रजातान्त्रिक देश हो । यो अनिश्चित समयमा उ बेलायतका लागि एक उच्च मूल्यवान रणनीतिक साझेदार पनि हो । ’

भारत भ्रमणले दुबै देशका जनतालाइ रोजगारी सिर्जनादेखि आर्थिक वृद्धि प्रदान गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ०३ बजे

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक