२१ भदौ २०८३, आइतबार | September 6, 2026

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा भएका अर्यालबारे उजुरी गर्नको लागि सात दिनको समय दिइएको छ । सातदिनभित्रमा कहि कतैबाट उजुरी नपरेको खण्डमा सरकारले उनलाई एआईजीमा बढुवा गर्नेछ ।

एआईजीमा बढुवा भएसँगै अर्याललाई भावी महानिरीक्षकका लागि बाटो खुलेको छ । गत ३० चैतमा पुष्पराम केसी महानिरीक्षकमा बढुवा भएका थिए । ३० वर्षे सेवा अवधिका कारण उनी यहि १८ वैशाखमा अवकाश पाउँदैछन् ।

उनले अवकाश पाएसँगै अर्यालले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने मौका पाउने सम्भावना छ । सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ ।

२०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए ।

सशस्त्र प्रहरी बलको प्रवक्ताको रुपमा समेत काम गरिसकेका अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रुपमा चिनिन्छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका