५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गृहले गर्यो विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोध स्थगन



काठमाडौं । चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ ।

‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतगको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन टिआइए अध्यागमन कार्यालयले वैशाख तीन गते एक सूचना प्रकाशित गरी भनेको थियो ।

सो निर्णयको व्यापक आलोचना भएपछि अध्यागमनले आज अर्को सूचना प्रकाशित गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको हो ।

मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक, अध्यागमन कार्यालय टिआइएका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरी उक्त निर्णय स्थगित गरिएको हो ।

टिआइएमा हाल सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पिओएस मेसिनहरु थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटीएम मेसिन थप गर्ने गरी आवश्यक प्रबन्ध मिलाउने निर्णय समेत गरिएको छ ।

भिसा शुल्क सम्बन्धमा कुनै असुविधा परेको/नपरेको विषयमा टिआइए अध्यागमन कार्यालय, नागरिक उड्डयन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन र निगरानी गरी तत्काल सूचना आदान प्रदान मार्फत समस्या समाधान गर्ने निर्णय समेत गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : ४४ बजे

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक