१५ माघ २०८२, बिहिबार | January 29, 2026

घलेगाउँमा सेल्फी स्टेशन



लमजुङ । नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेशन निर्माण गरेको हो ।

स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेशन निर्माण गरेको समिति अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

नवनिर्मित सेल्फी स्टेशनबाट पृष्ठभूमिमा घलेगाउँ राखेर तस्बिर खिच्न सकिन्छ भने अर्को तर्फ अन्नपूर्ण हिमश्रृंखला राखेर पनि तस्बिर लिन सकिन्छ । सेल्फी स्टेशनको स्तम्भमा पर्यटन प्रवर्द्धनमा घलेगाउँको मुख्य इतिहास उल्लेख गरिएको छ भने सोही स्तम्भवमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । पर्यटक आकर्षणका निम्ती यसअघि थुप्रै संरचना निर्माण भएको घलेगाउँमा सेल्फी स्टेशन निर्माण भएसँगै थप आकर्षित भएको स्थानियले विश्वास व्यक्त गरेका छन् ।

२०५७ सालबाट घरबास अर्थात व्यवसायिक होमस्टे सुरुवात भएको घलेगाउँमा २०५८ सालमा घलेगाउँ कला महोत्सव गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुन थालेको हो । पर्यटकहरूको आगमन बढेसँगै २०६३ मा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ घोषणा भएको थियो । पर्यटन व्यवसायमा अपेक्षित प्रगति भएसँगै स्थानीयले २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरेका थिए । त्यसको दुईवर्ष पछि स्थानीयकै अगुवाइमा गाउँलाइ नेपालकै पहिलो सुखी गाउँ घोषणा गरेका छन् ।

क्व्होेलासोँथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्दछ । सदरमुकाम बेंसीसहरबाट सवारी साधनमा दुई घण्टा र पैदल जान चाहनेका लागि पाँच घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै वृद्धि भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

घलेगाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् । घलेगाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ । दैनिक उल्लेख्य पर्यटकहरूको आगमन हुने घलेगाउँमा होमस्टे सञ्चालकबाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ०८ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी