१ पुस २०८२, मंगलबार | December 16, 2025

झापा र सुनसरीमा ११ संक्रमित थपिए



काठमाडौं । झापा र सुनसरीमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगगलबार र झापामा ९ जनामा र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक धु्रव सुवेदीले जानकारी दिनुभएको छ ।

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ९ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । झापाका ९ जनाको संक्रमणलाई कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले पनि पुष्टि गर्नुभएको छ ।

झापाका ९ संक्रमित झापाको केचनकवल गाउँपालिकाका हुन् । यस्तै, सुनसरीका संक्रमित इटहरी नयरपालिकाका रहेका छन् । सुनसरीका एक जना संक्रमित सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको बताइएको छ।

योस‌ँगै प्रदेश १ मा कूल संक्रमितको संख्या ५४ पुगेको छ भने झापामा मात्रै १२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : २२ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि