७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवलमा अत्यावश्वक सामानका पसल हप्ताको तीन दिन मात्रै खुल्ने



बुटवल । बुटवल उपमहानगरपालिकाले लकडाउनलाई समय तालिका बनाएर व्यवस्थित गरेको छ । अनावश्यक रुपले घरवाहिर निस्कने र विहानी र रात्री हिडाईलाई निरुत्साहित गर्न र असुरक्षित रुपले सामान खरिद विक्री कार्यलाई व्यवस्थित, सुरक्षित तथा सामाजिक दुरी पालना गर्न कडाई गरेको हो ।

खाद्यान्न, तरकारी तथा फलफुल पसलहरु हप्तामा ३ दिन, विहान ९ बजे देखि २ बजेसम्म आइतवार, मंगलवार र विहीवार खोल्न पाइने भएको छ । स्थानीय स्तरमा उत्पादन भएको हरियो ताजा तरकारी र फलफुल स्थानीय पालिका मार्फत स्थानीय उत्पादन भनी सिफारिस गरेको आधारमा र बुटवल उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा घरघरमा डुलाई विहान ७ बजेदेखि १० बजेसम्म विक्री वितरण गर्न पाइने नियम बनाइएको छ ।

उपमहानगरद्वारा जारी गरिएको सार्वजनिक सूचना अनुसार कृषि कार्यसँग सम्बन्धित कार्यका लागि आवश्यक मल,विउ,औषधी पसल आइतवार, मंगलवार र विहीवार विहान ९ः०० बजेदेखि २ः०० बजेसम्म खोल्न पाइने छ । दुध तथा डेरी उत्पादन प्रत्येक विहान ७ बजेदेखि १० बजेसम्म र वेलुकी ५ बजेदेखि ७ बजेसम्म विक्री गर्न पाउने व्यवस्था मिलाइएको छ । दुध विक्रेताले उत्पादन, संकलन गरेको स्थल खुलेको सम्बन्धित पालिका वा वडावाट भएको सिफारिस साथमा ल्याउनुपर्ने छ ।

विकास निर्माणसँग सम्बन्धित माल सामान विक्री गर्ने हार्डवेयर पसल हप्तामा ३ दिन आइतवार, मंगलवार, विहीवार विहान ९ बजेदेखि २ बजेसम्म खोल्न सकिने भएको छ ।

सञ्चालन एवं कार्यान्वयन गर्न स्वीकृत पूर्वाधार विकासका कार्यहरु सुरक्षा र सामाजिक दुरीको सुनिश्चितता कायम गरी कामको प्रकृति हेरी समय मिलाएर सबै दिन गर्ने तर कामदार श्रमिकहरुको परिचय खुलेको अभिलेख राखेको हुनुपर्ने छ ।

कृषि औजार उपकरण तथा साधन र ढुवानी साधनको मर्मत सम्भार ५ जनाभन्दा बढी मिस्त्री नरहने गरी प्रत्येक दिन विहान ९ बजेदेखि ५ बजेसम्म संचालन गर्न सकिने भएको छ । नदीजन्य पदार्थको ढुवानीका लागि प्रत्येक दिन विहान ९ बजेदेखि वेलुका ६ बजेसम्म संचालन गर्न पाइने भएको छ ।

वैक, वित्तीय संस्था र सहकारीहरु प्रत्येक आइतवार, मंगलवार र विहीवार विहान १० बजेदेखि १ बजेसम्म मात्र खुल्ला गर्न सकिने छ । आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित गर्न लकडाउनको पालना र सामाजिक दुरी कायम गर्न उपमहानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : ४६ बजे

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म