१३ असार २०८३, शनिबार | June 27, 2026

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील



जनकपुर । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी वर्गीकरण गरेको उनले बताए ।

यस्तै मधेसका ८२८ मतदानस्थलदाई संवेदनशील र २१२ मतदानस्थललाई समान्यको सूचीमा राखिएको छ । प्रदेशमा दुई हजार १६३ मतदानस्थलमा चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सीमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ४७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट