२० मंसिर २०८२, शनिबार | December 6, 2025

चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने



चितवन । चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ ।

भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुंगो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।

कांग्रेसका उपसभापति राजीव न्यौपानेले आज साँझसम्म गठबन्धनले उमेदवारको टुंगो लगाउने जानकारी दिए । भोलि १ बजे संयुक्त रुपमा मनोनयन दर्ता गरिने उनले बताए । ‘आज बेलुकासम्म उमेदवारहरूको टुंगो लगाइन्छ । भोलि १ बजे चौविसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रुपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ ।

कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा ९एकिकृत समाजवादी०ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।

त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् । भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको उनले बताए ।

महानगरको प्रमुखमा भने कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले आज स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ०६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले