२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देहीमा एमालेका १६ पालिकाका उम्मेदवारको निर्णय, को कहाँ ?



बुटवल । एमालेले स्थानीयतह निर्वाचनका लागि रुपन्देहीका १६ वटै पालिकाहरुमा आफ्नो उम्मेदवारहरुको निर्णय गरेको छ । मनोनयन पत्र दर्ता गर्ने दिनमा गरिएको निर्णयमा सैनामैना नगरपालिकामा पुरानै नगर प्रमुखलाई पुनः उम्मेदवार बनाइएको छ भने लुम्बिनी सांस्कृतिक नगरमा मेयर।उपमेयर दुबै महिला उम्मेदवार प्रस्ताव गरिएको छ ।

एमालेका अनुसार पार्टीले बुटवल उपमहानगरमा बावुराम भट्टराई र सवित्रा आचार्य, सिद्धार्थनगरमा डा. रामप्रसाद बस्याल र उमा अधिकारी, तिलोत्तमा नगरमा मोहन चापागाई र जागेश्वरी चौधरी तथा सैनामैनामा चित्रबहादुर कार्की र विना रानालाई मेयर र उपमयेरमा उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरि देवदहमा ध्रुव प्रसाद खरेल र विद्यालक्ष्मी गुरुङ, लुम्बिनी सांस्कृतिक नगरमा रमावती यादव र कल्पना हरिजन, ओमसतिया गाँउपालिकामा मन्जितकुमार यादव र निर्मला कुमारी निषाद तथा रोहीणी गाँउपालिकामा सनोज कुमार यादव र बसन्ती पाण्डेलाई उम्मेदवार बनाउने भएको छ । देवदहकी उम्मेदवार विद्यालक्ष्मी बहालवाला उपमेयर नै हुन् भने लुमिबनी सांस्कृतिक नगरमा दुबै महिला एमालेले बनाएको छ ।

एमालेले मायादेबीमा लाला लौध र सन्नु चाई, मर्चवारीमा कमलेस यादव र विन्द्रावती गौड, सम्मरीमाईमा मुस्लिम खाँ र पिंकला लोध, कोटहीमाईमा श्यामसुन्दर यादव र माया साहनी, गैडहवामा सुरेन्द्र पौडेल र मन्जु रिजाल, कञ्चनमा गोकर्णबहादुर क्षेत्री र गोमा तरामु, शुद्धोदनमा किशुनचन्द्र चौधरी र शान्तादेवी ज्ञवाली तथा सियारीमा अयोध्या थारु र अमृता गुरुङलाई उम्मेदवार बनाउने भएको छ । एमालेले बुटवल उपमहानगरमा जनमुक्ति पार्टीसँग गठबन्धन गरेपनि अन्य पालिकाहरुमा एक्लै लड्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : १४ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा