४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८ सय ८९ पुग्यो



काठमाडौं, ७ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४९ लाख ८५ हजार ६ सय ५६ पुगेको छ । वल्र्डमिटरले बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १५ लाख ७० हजार ८ सय ८३ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ६ सय २८, बेलायतमा २ लाख ५० हजार १ सय ३८, स्पेनमा २ लाख ३२ हजार ३७, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा सबभन्दा बढी मृत्यु भएको छ । त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २५, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ७१, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ । त्यस्तै, विश्वभर १६ लाख ८६ हजार ४ सय ४८ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन ।

अमेरिकामा सर्वाधिक २ लाख ८९ हजार ३ सय ९२, जर्मनीमा १ लाख ५५ हजार ६ सय ८१, इटालीमा १ लाख २९ हजार ४ सय १, टर्कीमा १ लाख १२ हजार ८ सय ९५ अहिले संक्रमणमुक्त भएका छन ।

नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार ललितपुर र सिन्धुलीमा पनि संक्रमण पुष्टि भएसँगै नेपालका ३६ जिल्लामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । त्यस्तै, ३७ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ६ : ५४ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत