२९ भदौ २०८३, सोमबार | September 15, 2026

तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उनले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि एमालेको टोली बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेको थियो । त्यसअघि, नेकपा एमालेका उपमहासिचव विष्णु पौडेलले मेयर, उपमेयरलगायत सबै उम्मेदवारलाई शुभकामना दिएका थिए ।

त्यसक्रममा उनले एमालेले सात सय ५३ स्थानीय तहमध्ये ६० प्रतिशतमा विजयी हासिल गर्ने दावी गरे । तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उनले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको जनाए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ