२९ भदौ २०८३, सोमबार | September 15, 2026

कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै



सुर्खेत । कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् । यो विगतका वर्षको तुलनामा निकै कम हो ।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए । ‘नेपालमा औलोका बिरामी प्राय: भारतबाट फर्कनेमा देखा पर्ने गरेको छ ।’ उनले भने, ‘कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन् ।’

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी फेला परेका छन् । हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुम पश्चिममा एक जना औलोका बिरामी फेला परेका छन् ।

जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ । सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्यालयले काम गरिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ