२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै



सुर्खेत । कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् । यो विगतका वर्षको तुलनामा निकै कम हो ।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए । ‘नेपालमा औलोका बिरामी प्राय: भारतबाट फर्कनेमा देखा पर्ने गरेको छ ।’ उनले भने, ‘कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन् ।’

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी फेला परेका छन् । हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुम पश्चिममा एक जना औलोका बिरामी फेला परेका छन् ।

जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ । सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्यालयले काम गरिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १६ बजे

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको