७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा २३ सय ७७ जनाद्वारा उम्मेदवारी दर्ता



बुटवल । स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा २३ सय ७७ जनाले सोमबार मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ वटा पालिकामा उक्त संख्यामा मनोनयन परेको हो । जसअनुसार एउटा उपमहानगरपालिका र पाँचवटा नगरपालिका रहेको रुपन्देहीमा ४३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपमेयर पदमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै १० वटा गाउँपालिका रहेको रुपन्देहीमा अध्यक्ष पदमा ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी वडाअध्यक्ष पदमा ५३० जना, महिला सदस्यमा ४१५, दलित महिला सदस्यमा ३५४ र अन्य सदस्यमा ८७७ जनाले उम्मेदवारी दर्ता गराएको भण्डारीले जानकारी दिए ।

गठबन्धनभित्रको असन्तुष्टीले केही पालिकामा भने गठबन्धनभित्रैका दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले सम्मानजनक स्थान नदिएकाले गठबन्धनभित्र मतभेद रहेको स्वीकार गरे । तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादी गठबन्धनबाट अलग भएर मेयर, उपमेयरमा छुट्टै उम्मेदवारी दिएको छ । उसले मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा सन्दिप भण्डारीलाई उम्मेदवार बनाएको छ ।

बुटवलमा जनता समाजवादी पार्टीले मेयर उपमेयरमा अलग्गै उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ताका लागि दलहरु स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४० बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र