२९ असार २०८३, सोमबार | July 13, 2026

लिम्पियाधुरा–कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्शा सार्वजनिक



काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो ।

नयाँ नक्शाले भारतले अतिक्रमण गरेको नेपालको पश्चिमी सीमामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेको छ ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

अब यही नक्शा नै नेपालको आधारिक नक्शा हुनेछ । संविधानको अनुसूचि ३ मा रहेको नक्शालाई परिवर्तन गर्न संविधान संशोधनको प्रक्रिया समेत सरकारले छिटै नै अघि बढाउन लागेको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्शालाई मन्त्रिपरिषद्ले सोमबार पारित गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  २ : ५० बजे

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता