१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ओलीप्रति गगन कटाक्ष- बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै बोल्ने गरेको बताए ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार महामन्त्री थापाले झुटको पर्दाफास गरेकोमा सन्किएको बताए । ‘जसको मुखमा अंगार छ, उसले ओकल्ने कालैं हो । केपी ओलीले को कोलाई पागल भन्नुहुन्छ, केपी ओलीले झुट बोल्नुहन्छ, कोही आँट भएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ,’ थापाले भने ।

केपी ओलीलाई रिस उठ्यो भन्दैमा आफूले झुटको पर्दाफास गर्न नछोड्ने बताए । ‘अब केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्नेवाला छैन्,’ उनले भने, ‘उहाँको झुटोलाई ठिक हो भन्ने पनि भएन, कालोलाई सेतो भन्ने कुरा पनि भएन ।’

थापाले ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरे । सधै झुटको पर्दाफास गर्दै हिँड्ने भन्दै त्यस्तो अवस्था बढी सन्कियो भने शरीरलाई असर पर्ने थापाको टिप्पणी छ । ‘उहाँलाई एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्ला । शरीरको ख्याल गर्नुहोला यो भन्दा धेरै भन्नु छैन,’ थापाले भने ।

ओलीलाई लजिक नभई म्याजिक मन पर्ने थापाको आरोप छ । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी गरे । ओलीले आफ्नो आइडियो चोरेको आरोप लगाएको भन्दै थापाले भने, ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ ।’

ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै उनले भने, ‘तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ०८ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन