७ पुस २०८२, सोमबार | December 22, 2025

तिलोत्तमालाई राष्ट्रमा चिनाउने गरी नयाँ भिजनका साथ निर्वाचनमा उम्मेदवारी दिएको हु : मोहन चापागाईं



बुटवल । निर्वाचन प्रचार प्रसारका क्रममा नेकपा एमाले तिलोत्तमा वडा नं. ३ शाखा कमिटिले बुधबार बृहत्त मोटरसाईकल ¥याली निकालेको छ ।

उम्मेदवारहरुलाई विजयी बनाउने आव्हान गर्दै तिलोत्तमा ३ सहकारी चोकबाट मोटरसाईकल ¥याली निकालिएको हो ।

¥याली वडाका सवै टोलहरु परिक्रमा गरी तिलोत्तमा स्थित पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको समग्र विकास, भित्र सडकको स्तरउन्नती, शिक्षाको गुणात्मक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले बासुदेव घिमिरेले अघि सारेका योजनालाई दिगो बनाउँदै तिलोत्तमालाई राष्ट्रमा चिनाउन गरी नयाँ भिजनका साथ निर्वाचनमा उम्मेदवारी दिएको बताए । ‘तिलोत्तमाको जुन राष्ट्रिय चर्चा छ । त्यो विरासत जोगाउँदै अझ बढि यस क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो । त्यसैले केही नसोची ढुक्कका साथ मत दिनुहोस ।’ उनले भने । उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरी नगरबासीका समस्या संग ५ बर्ष नजिक रहेर काम गरेको बताउदै फेरि पनि जनताकै सवक बन्न आफुले उम्मेदवारी दिएको बताईन ।

उनले तिलोत्तमालाई समुन्नत बनाउँदै महिला, बालबालिका, पिछडिएको समुदाय, बर्गको माथी उठाउन आफुलाई जिताउनुपर्ने बताईन । वडा नं. ३ का वडा अध्यक्ष घनश्याम पौडेल (रामु)ले वडामा भएको सडकलाई स्तरउन्नती, ढल निकास र स्मार्ट वडा बनाउन आफुले उम्मेदवारी दिएकाले विजयी बनाउन मतदातालाई आग्रह गरे ।

कार्यक्रममा सदस्यका उम्मेदवारहरु युवराज पराजुली, शारदा भण्डारी, लक्ष्मी घिले, रुक प्रसाद अधिकारी लगाएतको उपस्थित रहेको थियो ।

उक्त ¥यालीको संयोजन भुमि प्रसाद सापकोटा, चिन्तामणी भुसालले गरेका थिए । कार्यक्रम नगर सचिव मिन प्रसाद पोखरेलेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ०७ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने